Like us!
Follow us!
Connect us!
Watch us!

पदभार ग्रहण गर्दै हमालले भने, "साना लगानीकर्तालाई नबचाउने मार्केट कहिल्यै राम्राे हुँदैन"

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, ११ : २३ मा प्रकाशित

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले साना लगानीकर्ताहरू मारमा पर्न नहुने बताएका छन् । साना लगानीकर्ताहरूलाई नबचाउने मार्केट कहिल्यै राम्राे नहुने उनकाे तर्क छ । साना लगानीकर्ताहरू मर्कामा पर्दा बजारकाे दिगाे विकास हुन नसक्ने उनी बताउँछन् । आफ्नो अहिलेको मुख्य उद्देश्य भनेको साना लगानीकर्ताहरूलाई कसरी बचाउने भन्ने रहेको उनले बताए ।

उनले आफू लगायत अन्य सम्बन्धित सबैकाे मुख्य उद्देश्य भनेकाे बजारलाई बलियाे बनाउनु रहेकाे बताएका छन् । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको