Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा पेस हुने भयो एमसीसी, अर्थमन्त्री शर्माले नै टेबुल गर्ने

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, १३ : ४८ मा प्रकाशित

संसदमा पेस हुने भयो एमसीसी, अर्थमन्त्री शर्माले नै टेबुल गर्ने

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । एमसीसीलाई संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने भएका छन् । बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए । तर अहिले प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई सरकारका अर्थमन्त्री जनार्दशन शर्माले नै संसदमा टेबुल गर्न कार्यसुचिमा राखिएको छ ।
 

6211f613ba68f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको