Like us!
Follow us!
Connect us!
Watch us!

३ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

आइतबार, ०८ फागुन २०७८, १४ : ३९ मा प्रकाशित

३ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंक र एउटा इन्स्याेरेन्स कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक कराेड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता सेयर सूचिकृत भएको हो ।

यसका साथै, लक्ष्मी बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बाेनस बापतकाे १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको