Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी पास गर्ने कुरामा सहमति छैन : माधव कुमार नेपाल

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, १८ : ४९ मा प्रकाशित

एमसीसी पास गर्ने कुरामा सहमति छैन : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ हुन्छ' भन्ने प्रतिक्रिया जनाए । 

आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । 

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुताएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ ।

माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। उनले भने 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।' 

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको