Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

मंगलबार, १० फागुन २०७८, १४ : ५३ मा प्रकाशित

२ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार ग्लोबल आईएमई बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको २ कराेड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता सेयर सूचिकृत भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

यस्तै, प्रभु बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको एक कराेड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

यसका साथै, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २९ लाख ४९ हजार ६ सय ६३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको