Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकाेत्सवमा नेशनल लाईफकाे रक्तदान कार्यक्रम

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १७ : ०२ मा प्रकाशित

वार्षिकाेत्सवमा नेशनल लाईफकाे रक्तदान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । 

कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियाे । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन । 

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । यही आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ । कम्पनीको जीवन बीमा कोषमा रु.५० अरबको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म दिएको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको