Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, हाइड्राेपावरमा किन बढ्याे लगानीकर्ताकाे आकर्षण ?

नेप्से

बुधबार, ११ फागुन २०७८, १५ : ०० मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, हाइड्राेपावरमा किन बढ्याे लगानीकर्ताकाे आकर्षण ?

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । साेमबार र मंगलबार दाेहाेराे अंकले बढेकाे बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

घटेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर सूचक बढ्दा सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्राेपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् । एमसीसी पारित हुने हल्लाले हाइड्रोपावरमा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । 

कूल २२८ वटा कम्पनीकाे ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्राेपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

यस दिन पनि नेपाल टेलिकमकाे नै सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १९ कराेड ३७ लाख ८५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार युनाइटेड ईदी-मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । युनाइटेड ईदी-मार्दीको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्राेपावरकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।

आज १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ५० रूपैयाँ ८० पैसामा झरेकाे छ ।

याे पनि :

अघिल्लो इपिसोडमा भने जस्तै २६७० बाट फर्कियो बजार, अब कता जाला ? माओवादी सरकारबाट बाहिरिए के होला ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको