Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको राजीनामा मागियो

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १४ : ५१ मा प्रकाशित

एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको राजीनामा मागियो

नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । 

काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको