Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

नेप्से

विहीबार, १२ फागुन २०७८, १५ : ०३ मा प्रकाशित

नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक भारी अंकले घट्दा काराेबार भएका सबै उपसमूहकाे सेयर घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेकाे छ । नेप्से २.१७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । 

बिहीबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ९७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज हिमालयन जनरल इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेकाे छ । 

यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

याे पनि :

अघिल्लो इपिसोडमा भने जस्तै २६७० बाट फर्कियो बजार, अब कता जाला ? माओवादी सरकारबाट बाहिरिए के होला ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको