Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १७ : ३३ मा प्रकाशित

नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको १८.५२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार अनलाइनकाे माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको