नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् ।
अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’
एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस