Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

शनिबार, १४ फागुन २०७८, ०८ : ५४ मा प्रकाशित

नेप्सेमा १२ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

१. सनराइज बैंक लिमिटेडकाे ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता सेयर सूचिकृत भएको हो ।

सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेकाे थियाे ।

२. नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक कराेड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

३. लक्ष्मी बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

४. गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बाेनस बापतकाे १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

म्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५०५ बोनस सेयर  र कर प्रयोजनको लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

५. नेपाल बैंक लिमिटेडकाे १४ प्रतिशत बोनस बापतको एक कराेड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

६. गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बाेनस बापतकाे ७ लाख ८९ हजार एक सय ५२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

७. ग्लोबल आईएमई बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको २ कराेड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता सेयर सूचिकृत भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

८. प्रभु बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको एक कराेड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

९. फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

१०. बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २९ लाख ४९ हजार ६ सय ६३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

११. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

१२. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे।

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको