Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ वाणिज्य बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

आइतबार, १५ फागुन २०७८, १४ : ५६ मा प्रकाशित

नेप्सेमा ३ वाणिज्य बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंककाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार कृषि विकास बैंक लिमिटेडकाे २० प्रतिशत बोनस बापतको २ कराेड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, सिद्धार्थ बैंक लिमिटेडकाे १४.२५ प्रतिशत बाेनस बापतकाे एक कराेड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडकाे १६ प्रतिशत बाेनस बापतकाे २ कराेड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको