Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी सम्झौता संसदबाट पारित

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, २१ : ०७ मा प्रकाशित

एमसीसी सम्झौता संसदबाट पारित

प्रतिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

संसद बैठक बुधबार बस्ने

प्रतिनिधिसभाको आगामी बैठक १८ फागुनमा बस्ने भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्दै आजको संसद् बैठक स्थगित गरिएको छ । अब संसद् बैठक आगामी १८ फागुनमा बस्ने समाभुख अग्नि सापकोटाले बताएका छन् ।

आइतबार राति बसेको प्रतिनिधि सभा बैठकले एमसीसी र त्यसको व्याख्यात्मक घोषणा पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध जारी राखे पनि ध्वनि मतबाट एमसीसी अनुमोदन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको