Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा अपि पावर अब्बल

नेप्से

सोमबार, १६ फागुन २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा अपि पावर अब्बल

आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार झण्डै अर्थसतकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेकाे छ । नेप्से १.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ ।

साेमबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ९ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त डिबेञ्चरकाे मूल्य २ प्रतिशतले बढेर एक हजार २० रूपैयाँ पुगेकाे छ । 

यस दिन २ वटा हाइड्राेपावरकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । 

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको