Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बजार बन्द

नेप्से

मंगलबार, १७ फागुन २०७८, ०८ : ३१ मा प्रकाशित

आज सेयर बजार बन्द

आज (फागुन १७ गते, मंगलबार) सेयर बजार बन्द रहनेछ । महाशिवरात्रीकाे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा परेकाे हुनाले आज सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

हिजाे (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेकाे थियाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेकाे थियाे । कूल २२७ वटा कम्पनीकाे ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेको थियाे ।

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको