Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, ०८ : ५९ मा प्रकाशित

एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको