Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता धनी भएकाे नियामकका पदाधिकारीदेखि नेतासम्म कसैले देख्नै सक्दैनन् : गाेपाल स्वामी

लगानीकर्ताको आवाज

मंगलबार, १७ फागुन २०७८, १६ : २२ मा प्रकाशित

अनुभवी लगानीकर्ता गाेपाल स्वामीले सेयर बजारमा लगानीकर्ताहरूकाे मनाेविज्ञान अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम लगानीकर्ताकाे आवाजमा कुराकानी गर्दै उनले भने, "चुनावकाे घाेषणा हुने भएपछि बजार बढ्छ भन्ने लगानीकर्ताहरूकाे मनाेविज्ञान थियाे । तर चुनाव घोषणा भएको भोलिपल्टै बजारले रातो झण्डा देखाइ दियो । एमसीसी पनि पास हुन्छ की हुन्न भन्ने दोधारमा थियो । एमसीसी पास भयो । एमसीसी पास भइसकेपछि मनोविज्ञान के थियो भने मार्केट चाहीँ एउटा लयमा आउँछ । तर मलाई चाँही के लागेको थियो भने एमसीसी पास भयो भने मार्केट अलिकति घट्नु पर्नेमा थामिन्छ भन्ने कुरामा म विश्वस्त छु । बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि मुख्य कुरा इकोनोमिक इन्डिकेटर हेर्नुपर्छ । सेयर बजारलाई पुस अप गर्ने भनेको त तरलता नै होनी । तरलता अहिलेको अवस्थामा चुनाव घोषणा भइसके पछाडि राष्ट्र बैंकले चाहिँ ६ महिनाको समिक्षा गर्दाखेरी वेटेड एण्ड एभरेजलाई चाहीँ १५० पुर्याएको छ । त्यो भएको हिसाबले चाँही सेयर कर्जामा अहिले लगानी मार्जिन लोन कुनै पनि लगानीकर्ताले पाइराखेको छैन । अहिले ३ अर्बमाथिको कारोबार एकदम नेचुरल भइराको छ । त्यसैले मार्केटमा जे सोचिन्छ त्यो हुँदैन । जुन दिन बढ्छ भनेको बेलामा घटिरहेको हुन्छ । घट्छ भनेको बेलामा बढिरहेको हुन्छ । मार्केटको एउटा सुन्दर पक्ष भनेको यही हो ।"

६ महिना अगाडिसम्म तरलता फालाफाल भएकाे र ६ महिना पछाडि बैंकले एक रूपैयाँ पनि दिन नसकेकाे अवस्था सृजना हुनुमा नियामक निकायका बुद्धीजिवीहरूकाे अदुरदर्शिता रहेकाे उनकाे धारणा छ । नियामक निकायका विज्ञ व्यक्तिहरूलाई ३ महिना पछाडि अर्थतन्त्र कहाँ जाँदैछ के हुँदैछ भन्ने कुराकाे राम्राे ज्ञान हुनुपर्ने उनी बताउँछन् ।

सेयर बजारलाई कडाई गरिँदा क्रिप्टोतिर पैसा गएको भन्ने कुरामा एकदमै सहमत छन् उनी । उनले भने, "संसार डिजिटलमा गइसकेकाे छ । भर्चुअल मनीमा नजानुकाे विकल्प पनि छैन । भाेलि हामीले डिजिटल करेन्सी निकालियाे भने सरकारलाई पनि त फाइदा हुन्छ । जस्तै हामीले नोक निकाल्छौँ । प्रत्येक वर्ष कतिपय नोटहरू सडिरहेका अनि हराइरहेका हुन्छन् । त्यो भनेको त हामी आफैँले कर तिरेर गरिएको लगानी हो । क्रिप्टो गर्दाखेरी चाँही के भइदियो भने सरकारको लागत पनि कम भयो । यो राष्ट्रको लागि नै फाइदा हो ।"  विभिन्न नीतिहरूले गर्दा विदेशमा बस्ने नेपालीहरूलाई सेयर बजारमा लगानी गर्न जोखिम रहेको उनकाे तर्क छ ।

लगानीकर्ता धनी हुँदा नेताहरू हिराे नहुने उनी बताउँछन् । लगानीकर्ताहरूमा गरिबी भयो भने नेताहरूले राज गर्न पाइराख्ने उनको तर्क छ । नेताहरूले लगानीकर्ताकाे सेन्टिमेन्टँग खेलिरहेका उनकाे धारणा छ । उनले थपे, "अलिकति विगत हेर्ने हाे भने, अर्थमन्त्रीले जुवा घर भन्दिनु भयाे । गठबन्धनकाे प्रमुख लिडरले याे एउटा साम्राज्यवादकाे साधन हाे भन्दिनु भयाे । उहाँ आफै ४ करोडमाथिको गाडी चढेर हिँडी राख्नु भएको छ । डेढ लाखमाथिको आईफोन बोकी राख्नु भएको छ । हामी धनी भयौँ भने उहाँहरूको राज चल्दैन किनभने हामी धनी हुनु भनेको उहाँहरूको झोला बोक्न कोही पनि जाँदैन । हाम्रो जागिर हाम्रो आम्दानी सरक्षित भइसके पछि कोही पनि झोला बोक्न जाँदैन । त्यसैकारण लगानीकर्ताहरू धनी भएको नियामक निकायका पदाधिकारीदेखि नेताहरूसम्म कसैले पनि देख्न सक्दैनन् ।"

उनै लगानीकर्ता गाेपाल स्वामीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको