Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट पैसा कमाउन फलामकै चिउरा चपाउनु पर्छ - गोपाल स्वामी

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १५ : ३५ मा प्रकाशित

सेयर बजारबाट पैसा कमाउन फलामकै चिउरा चपाउनु पर्छ - गोपाल स्वामी

लगानीकर्ता गोपाल स्वामीले सेयर बजारबाट पैसा कमाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै भएको बताएका छन् ।

अर्थ संसारसँगको कुराकानीमा लगानीकर्ता स्वामीले बाहिरबाट सजिलै कमाएको जस्तो देखिए पनि निकै गारो हुने बताएका हुन् ।

‘सबैले कमाएको छ भन्ने कुरा गर्छन । तर त्यहाँ गरिएको लगानी, जोखिम र धर्यताको हेर्दा फलामको चिउरा चपाउनु भन्दा गरो छ’ उनले भने । सेयर बजारमा धेरै कुराले प्रभाव पार्ने भएकाले बजार घट्बढमा एउटा मात्रै कारण नहुने उनको भनाइ छ । सेयर बजारमा आउने नयाँ लगानीकर्ताहरुले उनले कम्पनी छनोट देखिनै सावधानी अपनाएर आउनका लागि आग्रह गरेका छन् । सेयर बजार सबैका लागि नभएको पनि उनको भनाइ छ । ‘सेयर बजारबाट कमाउने भनेको ३ प्रतिशतले मात्रै हो । ९७ प्रतिशतले गुमाउने नै हो,’ उनले भने । सेयर बजारबाट सबैले कमाउन सक्ने विश्वमा कहि पनि नहुने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको