Like us!
Follow us!
Connect us!
Watch us!

हरि ढकाल सांसद बनेपछि बोलाइएको चियापानमा इगोका कारण ठूला लगानीकर्ता आएनन् : सचिवालय प्रमुख स्वामी (भिडियो)

अर्थ संसार

बुधबार, ०३ असोज २०८०, १३ : २१ मा प्रकाशित

अर्थसंसारसँगको विशेष अन्तर्वार्तामा बोल्दै सांसद हरि ढकालका सचिवालय प्रमुख गोपाल स्वामीले ढकाल सांसद भएपछि बोलाइएको चियापानमा सेयर बजारमा ठूला लगानीकर्ता तथा "लगानीकर्ता संगठनका नाइके"हरु व्यक्तिगत इगोका कारण नआएको आरोप लगाएका छन् ।

स्वामीले वर्तमान अर्थमन्त्री र गभर्नरबीच नै कार्य ट्युनिङ नरहेको बताउँदै एक सांसदले भनेर मात्रै सेयरबजारको समस्या समाधान नहुने जिकिर गरे । काङ्ग्रेसका ठूला उद्योगपतिहरु पनि संसदमा रहेको बताउँदै स्वामीले सत्ता साझेदार दल नै सेयरबजार प्रति उत्तरदायी नदेखिएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदको रोस्ट्रमबाटै नयाँ एक्सचेञ्ज रोकिनुपर्छ भन्ने धारणा राखेको बारेमा जिज्ञासा राख्दा स्वामीले साविक स्टक एक्सचेञ्जलाई धराशायी बनाउने ढङ्गले आएको प्रस्ताव स्वीकार्य नहुने पार्टीको आशय रहेको बताए । उनले नयाँ स्टक एक्सचेञ्ज खोल्ने प्रक्रियामा ६ सय करोड घोटाला हुन लागेको समेत आरोप लगाए । सूर्य टोबाको खुलेपछि जनकपुर चुरोट कारखाना धराशायी भएको उदाहरण दिँदै उनले साविकको नेपाल स्टक एक्सचेञ्जलाई दर्हो बनाउँदै प्रतिस्पर्धी पनि खोज्नुपर्ने उल्लेख गरे ।

ढकालले राष्ट्र बैंकले ठोस कदम नचाले संसदमै अनशन बस्छु भनेको बारेमा अर्थ संसारले जिज्ञासा राख्दा जनयुद्ध कालमा नभएको डिप्रेसन लगानीकर्ताहरुमा अहिले हुन लागेको भन्दै अब अनसन बसे सदनमै बस्ने सांसद ढकालले बताएको स्वामीले उल्लेख गरे । १२ करोडको क्याप लगाइएको दुई वर्ष भइसकेको उल्लेख गर्दै स्वामीले अब अर्थतन्त्रको अवस्था फरक भइसकेको भन्दै गभर्नर र अर्थमन्त्री अब क्याप हटाउन सकारात्मक रहेको बताए । १२ करोडको क्याप साना लगानीकर्ताका लागि भनेर ल्याए पनि उक्त पोलिसीले साना लगानीकर्ता नै अप्ठ्यारोमा परेको स्वामीको भनाई थियो ।

धितोपत्र बोर्डको प्रसङ्गमा बोर्डका अध्यक्ष रमेश हमालले एक दुई राम्रो काम गरेपनि पछिल्लो समय सेयर बजारमा सप्लाईको बाढी ल्याउने काम गरेको स्वामीले आरोप लगाए । हकप्रद सेयर, प्रिमियम मूल्यमा ल्याइएको आइपिओमा हमाल खेलोमेलोमा लागेको स्पष्ट देखिएको पनि स्वामीले आरोप लगाए । बोर्ड अध्यक्ष रमेश हमालले डिमान्ड सिर्जना गर्ने कुनै कार्य नगरेको बताउँदै हमालले आफू बलियो हुने काम मात्रै गरेको स्वामीको भनाई थियो ।

हाइड्रोपावरमा चरम बेथिती हुन थालेको बताउँदै स्वामीले प्रमोटर लगानीकर्ता सय-सय करोड निकालेर निस्केको आरोप लगाए । हाइड्रोपावरको बेथिती हटाउन नियमनमा कडाई गर्नु पर्ने उनको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको