Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : काराेबार राफसाफ कसरी हुन्छ ?

नेप्से

विहीबार, १९ फागुन २०७८, १६ : ०२ मा प्रकाशित

सेयर शिक्षा : काराेबार राफसाफ कसरी हुन्छ ?

लगानीकर्ताको अदेशानुसार धितोपत्र दलालबाट कारोबार सम्पन्न भएपछि सो को जानकारी लगानीकर्तालाई दिनु पर्दछ ।

लगानीकर्ताले पनि आफ्नो आदेशानुसार कारोवार भए नभएको बारेमा आफुले धितोपत्र खरिद बिक्रिको लागी आदेश दिएको धितोपत्र दलालसँग सम्पर्क गरी बुझ्न सक्दछन् ।

धितोपत्रको कारोबार भइसके पछि CDS and Clearing Ltd.  ले राफसाफ तथा फछ्र्यौट गर्दछ । यसका लागि लगानीकर्ताको तर्फबाट सेयर किन्ने दलालले कारोबार भएको भोलिपल्ट CDS and Clearing Ltd. को खातामा रकम जम्मा  गर्नुपर्छ भने बेच्ने दलालले लगानीकर्ताको Demat Account बाट अभौतिक सेयर खिची Pull Account मा सार्नु पर्दछ ।

यसरी CDS and Clearing Ltd. को खातामा जम्मा भएको रकम तथा सेयर सम्बन्धित दलालको खातामा तेस्रो दिन जम्मा हुन्छ र सोही रकम तथा सेयर लगानिकर्ता सम्म पुग्दछ ।

सेयर वा पैसा समयमै प्राप्त नभएमा के गर्ने ?

धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ । यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।

यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको