Like us!
Follow us!
Connect us!
Watch us!

दोब्बरले बढ्यो पर्यटक आगमन

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, ०६ : २१ मा प्रकाशित

दोब्बरले बढ्यो पर्यटक आगमन

कोरोना महामारीसँगै सुस्ताएको नेपालको पर्यटक आगमन यसपटक भने जुर्मुराउन खोजेको छ। गत वर्षको फेबुअरीभन्दा सन् २०२२ को फेअरोमा पर्यटक आगमन टोम्बरभन्दा और देखिएको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा नौ हजार १४६ बिदेशी पर्यटक इबाईमार्गबाट नेपाल भित्रिएकामा यस बर्षको फेब्रुअरोमा १९ हजार ७६६ जना नेपाल घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो।

पर्यटक आगमन वृद्धिमा सबैभन्दा धेरै युरोपेली क्षेत्रको छ। त्यहाँबाट अघिल्लो वर्षको फेमुअरीमा एक इजार १४२ जना मात्र आएकामा यो वर्षको सोही महिनामा चार हजार ८१३ जना आएका छन्। यो ३२९ प्रतिशतले बढेको हो।

सबैभन्दा धेरै पर्यटक आउने सार्क क्षेत्रबाट पनि करिब ४५ प्रतिशतले बढेर सात हजार २६२ पुगेको छ। यसमा भारतीय मात्रै करिब छ हजार छन्। समग्र आगमनमा सार्क क्षेत्रको हिस्सा ३६ प्रतिशत छ।

धेरै मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या मढेको भए पनि चीन र म्यानमारबाट भने घटेको छ। चीनबाट अघिल्लो वर्षको फेरोमा ७०८ जना पर्यटक आएकामा यसपटक २०५ जना मात्र नेपाल आएका छन् ।

साकबाहेकका एसियाली मुलुकबाट समग्रमा ५ प्रतिशतले बढेकाे छ । अघिल्लाे  वर्षको फेब्रुअरीमा ३६ जना अस्ट्रेलियन मात्र नेपाल भ्रमणमा आएकामा यो पटक एक हजार ५२ जना नेपाल भमणमा आएका छन् । यस्तै संयुक्त राज्य अमेरिकबाट अघिल्लो वर्षको फेब्रुअरीमा एक हजार १२० जना मात्र आएकामा यसपटक तीन हजार १९५ जना नेपाल आएको देखिन्छ। बेलायतबाट पनि यसपटक करिब चार गुणा बढी पर्यटक नेपाल आइपुगेका छन् । त्यहाँबाट अघिल्लो फेब्रुअरीमा ५२४ जना पर्यटक आएकामा यो फेब्रुअरीमा दुई हजार २१७ जना बेलायती पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको