Like us!
Follow us!
Connect us!
Watch us!

आज र भाेलि वर्षाकाे सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, ०७ : ३१ मा प्रकाशित

आज र भाेलि वर्षाकाे सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको