Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक घट्दा सेन्सेटिभ बढ्याे

नेप्से

आइतबार, २२ फागुन २०७८, १५ : २८ मा प्रकाशित

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक घट्दा सेन्सेटिभ बढ्याे

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । नेप्से परिसूचक घट्दा पनि सेन्सेटिभ परिसूचक भने बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा पुगेको छ । 

कूल २३० वटा कम्पनीकाे ५१ लाख ३९ हजार २ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड २२ लाख ८२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । शिवम् सिमेन्टकाे आयोजना प्रभावित स्थानीयकाे लकिङ अवधि सकिएकाे छ । स्थानीयकाे नाममा रहेकाे सेयर आजदेखि दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत भएकाे छ । साेही कारण कम्पनीकाे सर्वाधिक काराेबार भएकाे हाे ।

आइतबार मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ६३ रूपैयाँ पुगेकाे छ । 

आज आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । 

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको