Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनाे सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

नेप्से

सोमबार, २३ फागुन २०७८, १५ : ०७ मा प्रकाशित

नेप्सेमा झिनाे सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । साेमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक पनि हरियाे भएर बन्द भएकाे छ । पछिल्लाे समय निरन्तर घटिरहेकाे बजारमा हिजाेबाट भने सुधारकाे संकेत देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.०६ प्रतिशतले बढेकाे हाे ।यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१४ अंकले घटेर ४९२.२६ विन्दुमा झरेकाे छ ।

कूल २३० वटा कम्पनीकाे ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, साेमबार पनि काराेबारमा शिवम् सिमेन्ट नै अब्बल रहेकाे छ । कम्पनीकाे २७ कराेड ६९ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।  शिवम् सिमेन्टकाे आयोजना प्रभावित स्थानीयकाे लकिङ अवधि सकिएकाे छ । स्थानीयकाे नाममा रहेकाे सेयर हिजाेदेखि दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत भएकाे छ । साेही कारण कम्पनीकाे सर्वाधिक काराेबार भएकाे हाे ।

आज बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.८९ प्रतिशतले बढेर ७ सय ३ रूपैयाँ पुगेकाे छ ।

यस दिन पाँचथर पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९० प्रतिशतले घटेर ४ सय १८ रूपैयाँ कायम भएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको