Like us!
Follow us!
Connect us!
Watch us!

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा परिसंघको सम्मान

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १३ : १४ मा प्रकाशित

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विनिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहलाई सम्मान गरेको छ । साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्ररित गर्न सहयोग गर्ने पुरुषहरुलाई पनि परिसंधले सम्मान गरेको छ । 

काठमाडौंमा आयोजित कार्यक्रमा परिसंघले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका महिलाहरु रेणु शर्मा, कमल उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्राई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खँजुरेल, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खतिक र महिलाबाट नेतृत्व प्रदान भएको गरखा काली गुल्मलाई सम्मान गरिएको छ । यसैगरी नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ । 

त्यस्ते, महिललाई प्रोत्साहन गर्ने श्रीमान्हरुलाई पनि सम्मान गरिएको छ । परिसंले प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, बिक्रम श्रेष्ठ, दिनेश बाहादुर श्रेष्ठ, अमिर प्रताप राणा, ललित कुमार लोहिया, डा. रवीन्द्र खुँजली, दिृराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरेको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधा सिंहले नयाँ पुस्तालाई उद्यमसिल्तातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । उन्ले लैंगिक समतामुलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उन्ले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तीकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरुलाई आग्रह गरे ।
 
कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरुलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो अर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए । दक्षिण एशियामा नेपालले महिलाहरुलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनिय काम गरेको बताए । उन्ले अहिलेको विश्वमा महिलाहरुले महत्वपूर्ण क्षेत्रमा सफ नेतृत्व गरिरहेको पनि उल्लेख गरिन् । 

परिसंघ अन्तर्गतको वुमन लिडरसिप फोरकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समनताका लागि काम गर्नुपर्ने बताईन् । महिला उद्यमसिलता विकास गरी अर्थतन्त्रको दिगो विकासका लागि पनि सरोकारवालाहरुले सोच्नुपर्नेमा जोड दिईन् । 

११२ औं अन्तराष्ट्रिय महिला दिवस मंगलबार मनाइँदैछ । यसै अवसरमा परिसंघले सम्मान कार्यक्रम आयोजना गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको