Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १० : ३६ मा प्रकाशित

प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडाैं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । 

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएकाे जंगीअड्डाले जनाएकाे छ । 

निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा (धेद्रे सुरुङखण्ड (प्याकेज २)को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको