Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १५ : ५३ मा प्रकाशित

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्न भएको हो । 

यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क सब्क्रिप्शन् गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको नि:शुल्क शबि्क्रब्सन गर्न सकिनेछ । इसेवा मार्फत देशभरबा ४ हजार सय भन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको