Like us!
Follow us!
Connect us!
Watch us!

म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १५ : ४१ मा प्रकाशित

म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ । 

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको