नेपाल इकोनोमिक्स ओलम्पियाडको राष्ट्रिय प्रतिस्पर्धा फाल्गुन २८ बाट चैत १ गतेसम्म काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा हुने भएको छ । यस विषयसँग सम्बन्धित प्रतिभाहरुको खोजी गर्न देशैभरी सातै प्रदेशमा पौष २४ गते क्षेत्रीय प्रतिस्पर्धा सम्पन्न गरिएकाे थियाे ।
११० विद्यालयबाट ७८९ विधार्थीले प्रतिस्पर्धा गरेका थिए जसबाट ७५ जना विधार्थीहरु राष्ट्रिय प्रतिस्पर्धाको लागि छनोट भएका थिए । प्रदेश ७ बाट ३, प्रदेश ६ बाट २, प्रदेश ५ बाट ३, प्रदेश ४ बाट ५, प्रदेश २ बाट २ जना, प्रदेश १ बाट ६ र बाँकी प्रदेश ३ बाट प्रतिस्पर्धीहरु सहभागी हुँदैछन् ।
चार दिनसम्म चल्ने पर्तिस्पर्धामा अर्थशास्त्र, बिजनेस केस अन्यालिसिस र वित्तीय साक्षरता गरी तिन विधामा परीक्षा हुनेछ भने अर्थशास्त्र, व्यापार विषयमा लेक्चर सेसनहरू, व्यक्तित्व विकास तालिमहरु र विषयगत चलचित्र प्रदर्शन पनि गरिनेछ ।
ओलम्पियाडबाट विजेता ११ जनाले अन्तरास्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । देशमा रहेका वरिष्ठ अर्थशास्त्रीहरू र विषय विज्ञहरूले सहभागीलाई उत्प्रेरणा तथा विषयगत ज्ञान प्रदान गर्नेछन जसमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, त्रिभुवन विश्वविद्यालय मानविकी विभाग डीन कुसुम शाक्य, राष्ट्र बैंकका निर्देशक गुणाकर भट्ट लगायतले कार्यक्रम सम्बोधन गर्ने तयारि भैरहेको छ ।
नेपाल इकोनोमिक्स ओलम्पियाड अर्थशास्त्र, व्यवसाय र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरूबीच यसै विषयको सेरोफेरोमा प्रतिस्पर्धा गराउने नेपालको सबैभन्दा ठुलो प्रतिस्पर्धा हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस