Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन : गृहमन्त्री खाँण

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, १३ : २२ मा प्रकाशित

सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए । 

‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’ 

निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।

‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको