Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको ट्यारिफ चेतावनीपछि चीनको कडा स्ट्यान्ड: “गल्तीमा अर्को गल्ती”

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ०८ : ५५ मा प्रकाशित

ट्रम्पको ट्यारिफ चेतावनीपछि चीनको कडा स्ट्यान्ड: “गल्तीमा अर्को गल्ती”

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि उक्त कदमको कडा विरोध गर्दै "अन्तिमसम्म लड्ने" चेतावनी दिएको छ।

मंगलबार जारी एक विज्ञप्तिमा वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकी निर्णयलाई "गल्तीमा अर्को गल्ती थपिएको" भन्दै आलोचना गरे। अमेरिकी पक्षलाई ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिको उदाहरणसमेत बताउँदै प्रवक्ताले भने, “चीनले कहिल्यै यस्तो कुरा स्वीकार गर्ने छैन। यदि अमेरिका आफ्नो बाटोमै अडिन्छ भने चीन पनि अन्तिमसम्म लड्नेछ।”

चीनले आपसी सम्मान र समानताको आधारमा संवादमार्फत् समस्या समाधान गर्न अमेरिका तयार हुनुपर्ने मागसमेत गरेको छ।

यसबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, “यदि चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता लिएन भने अप्रिल ९, २०२५ देखि लागू हुने गरी ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइनेछ।”

उनले चीनसँग हुने सबै वार्ताहरू समेत रद्द गरिने चेतावनी दिएका छन्। "अन्य देशहरूबाट प्राप्त वार्ताका अनुरोधहरूलाई भने तुरुन्तै प्राथमिकता दिइनेछ," ट्रम्पले थपे।

चीनले पनि ट्रम्पको धम्कीको प्रतिवाद गर्दै “दृढतापूर्वक प्रतिवादात्मक कदम चालिने” स्पष्ट संकेत दिएको छ। चीनको केन्द्रीय बैंकले अमेरिकी ट्यारिफका कारण प्रभावित बजारलाई स्थिर बनाउन सार्वभौम कोषका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने वचन दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको