प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।
निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए ।
एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।
‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस् र पानुहोेस् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस