Like us!
Follow us!
Connect us!
Watch us!

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १३ : ३१ मा प्रकाशित

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोकेको छ । केहि घण्टा अघि देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो । 

नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म  कारोबार केहि समय रोकिने जनाएको छ ।

यो समस्या पहिलो पटक मात्रै हैन । बेला बेलामा टिएमएस नचल्ने समस्या लगानीकर्ताहरुले भोगिरहेका छन् । नेप्सेमा देखिएको समस्या प्राविधिक समस्या भन्दा पनि नियोजित रुपमा बजारलाई प्रभावित पार्ने उद्देश्यले बिगारिएको आरोप लगानीकर्ताहरुको छ । नेप्सेमा सधै किन उच्च अंकको बृद्धि वा गिरावट आउँदा समस्या देखिन्छ एक लगानीकर्ताहले प्रश्न गरे 'यहाँ पक्कै पनि बाघ कराउनु र बाख्रा हराउनु एकै पटक भएको छ सम्बन्धीत निकायको ध्यान जाओस' उनले भने । 

622ef311795e7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको