नेपाल राष्ट्र बैंकले रिक्त रहेको सहायक निर्देशक पदमा लिइएको परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
छनौट भएका मुख्य उम्मेदवारहरूले नियुक्ति लिने सिलसिलामा यस बैंकको केन्द्रीय कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा २०७८ चैत ६ गते आइतबारका दिनभित्र सम्पर्क राख्नु हुन अनुरोध थरेको छ । साथै, स्वास्थ्य परीक्षणको प्रतिवेदन तथा अन्य व्यहोरा अनुकूल भएमा २०७८ चैत ९ गते बुधबारका दिन नियुक्ति दिइने र उक्त तोकिएको मितिभित्र सम्पर्क राख्न नआएमा यस बैंकको कर्मचारी सेवा विनियमावली अनुसार हुने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको नतिजा:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस