Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परीक्षा वैशाखदेखि, पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने

पत्रपत्रिका

मंगलबार, ०१ चैत्र २०७८, ०८ : १६ मा प्रकाशित

कोरियन भाषा परीक्षा वैशाखदेखि, पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो । 

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ । शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो ।

शाखाले भाषा परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको बायोमेट्रिक गर्ने भएको छ । अन्य व्यक्तिको नाममा अनधिकृत व्यक्तिले परीक्ष दिएमा ४ वर्षसम्म भाषा परीक्षामा सामेल हुन नदिइने शाखाले जनाएको छ । ईपीएस अन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।  कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको