Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यमा खानेपानीको शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, १२ : ०१ मा प्रकाशित

उपत्यमा खानेपानीको शुल्क  इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गरे ।

यो सँगै इसेवा मार्फत केयुकेएलका ठिामी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, वानेश्वर, महांकालचौर, ललितपुर, महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।

इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको