Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट, सकारात्मक माहोलका बिच किन घट्यो नेप्से ?

नेप्से

मंगलबार, ०१ चैत्र २०७८, १५ : ०५ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, सकारात्मक माहोलका बिच किन घट्यो नेप्से ?

आज मंगलबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक १७.१५ अंकले घटेर २६५०.९७ को बिन्दुमा पुगेको छ भने सेन्सेटिभ ईन्डेक्स ७.२६ अंकले घटेर ५०२.५९ को बिन्दुमा पुगेको थियो । आईतबार १०१ अंकले बढेको बजारमा सोमबार टिएमएसमा आएको प्राविधिक समस्याका कारण १२ः५३ पछि कारोबार रोकिएको थियो । 

नेपाल टेलिकमको लाभांश घोषणा पछि म्यासिभ सेल आएका कारण बजारमा करेक्सन आएको बताउछन् सक्रिय लगानीकर्ता राकेश क्षेत्री । 'टेलिकमले नेप्सेमा ठुला हिस्सा ओगटेको छ यसको सेयर मूल्यमा आएको बृद्धि र गिरावटले नेप्से परिसूचकलाई नै प्रभावित पारिरहेको हुन्छ यदि आज एनटिसीको मूल्यमा करिब ५ प्रतिशत भन्दा बढिले गिरावट नआएको भए बजार हरियोमा नै बन्द हुने थियो तर एनटिसीमा म्यासिभ सेल आयो जसका कारण नेप्सेमा करेक्सन देखियो' क्षेत्रीले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको छ । नेप्से ०.६४ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.२६ अंकले घटेर ५०२.५९ विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।

बजार घट्दा सर्बाधिक कारोबार हुने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल टेलिकम रहेको छ । आज टेलिकमको ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रूपैयाँ बराबरको कारोबार भएको हो । 

मंगलबार इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २९ रूपैयाँ ७० पैसा पुगेको छ । 

आज नेपाल टेलिकम कै सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ ।  कम्पनीको सेयरमूल्य आज ५.१३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ६ सय २६ रूपैयाँमा अन्तिम कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको