सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलो पटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विधुतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य पोर्टलले लिएको छ ।
यो सेवा गुगलप्ले स्टोर र एप्पलएप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुनेछ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षायात्रालाई सुव्यवस्थित गर्न सहजहुनुका साथै विदेशमा अध्ययानकालागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ । यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्नफाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ ।
उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदिबारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।
यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहजहुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।
सर्च एजुकेशनसन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमापनि आफनो कार्यालयहरू विस्तार गरेको छ । हामी विश्वभरका विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा र उच्च–गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउन प्रयासरतछौँ । नेपालमा, सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू रहेकाछन ।
भने आगामी दिनहरुमा काठमाडौं उपत्यका भित्र,बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रियामा रहेका छौ । हामीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएका छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस