Like us!
Follow us!
Connect us!
Watch us!

महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गर्ने गठबन्धनको तयारी

पत्रपत्रिका

बुधबार, ०२ चैत्र २०७८, ०७ : १२ मा प्रकाशित

महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गर्ने गठबन्धनको तयारी

सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ ।

 

चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।

स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसकिने दाबी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

गठबन्धनको शीर्ष तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जाने र नगरपालिका र गाउँपालिकामा भने त्यहाँको वस्तु अवस्था हेरेर निर्णय गर्न दिने विषयमा छलफल भइरहेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको