Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १२ : ३६ मा प्रकाशित

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालले आजको वदलिदो परिस्थितमा बीमाको अपरीहार्यताको बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछी दावीको अवस्थामा कुनै समस्या नहुने बताए ।

उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पार्न भएको थियो भने सं३का वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा धारणा राखे ।

सोही अवसरमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको