Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ अजोड इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ०७ : ५६ मा प्रकाशित

यस्तो छ अजोड इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीले १ करोड २३ लाख ७१ हजार घाटा व्यहोरेको छ ।  गत वर्ष सोहि अवधिसम्म कम्पनीले ५ करोड ३० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, कम्पनीले  बीमाशुल्कबापत २० करोड ८६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीले ११ करोड ६५ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । 
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ६ करोड ६३ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ८.१३ र प्रतिसेय र नेटवर्थ ११५.६४ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

602341810c2df.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको