Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "आगामी साताबाट बजार लयमा फर्कन्छ"

नेप्से

बुधबार, ०२ चैत्र २०७८, १५ : ०३ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "आगामी साताबाट बजार लयमा फर्कन्छ"

आज (बुधबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बुधबार बजार दाेहाेराे अंकले घटेकाे छ ।

हिजो आज बजारमा देखिएको गिरावट सामान्य करेक्सन मात्र भएको बताउँछन् स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की । 'हिजो आजमा बजारमा देखिएको गिरावट सामान्य करेक्सन मात्र हो, गत बिहीबार र आईतबार १५० अंकभन्दा बढिले बढेको बजारमा लगानीकर्ताहरुले प्राेफिट बुक गरेकोले पनि यो गिरावट आएको हो' उनले भने 'अब बजारमा सबै माहोल सकारात्मक नै छ, आज बजार घट्दा भोलुम पनि एकदम लो छ त्यसैले पनि अब करेक्सन सकिएको जस्तो देखिन्छ अगामी सातादेखि नै बजार आफ्नो लयमा फर्केन मेरो अनुमान हो ।'  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेकाे छ । नेप्से ०.७४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ४९७.३७ विन्दुमा झरेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ४ लाख एक हजार एक सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ३ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १६ कराेड ३६ लाख १ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ७२ रूपैयाँ ६० पैसाा पुगेकाे छ । 

यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.९२ प्रतिशतले घटेर ८ सय ६५ रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको