Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

बुधबार, ०२ चैत्र २०७८, १६ : ५६ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायाेजन भएकाे हाे । 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेकाे १० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ९९ रूपैयाँ ९ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बुधबारकाे अन्तिम काराेबार मूल्य ८ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ८१ रूपैयाँ ३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बुधबारकाे अन्तिम काराेबार मूल्य ५ सय ५८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको