Like us!
Follow us!
Connect us!
Watch us!

युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १५ : ०८ मा प्रकाशित

युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

आइसिसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । 

नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको