Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको वर्गिकरणमा एनआईसी एशिया बैंक जेडमा, अन्य कुन कम्पनी कुन वर्गमा ?

नेप्से

आइतबार, ०६ चैत्र २०७८, १४ : ३६ मा प्रकाशित

नेप्सेको वर्गिकरणमा एनआईसी एशिया बैंक जेडमा, अन्य कुन कम्पनी कुन वर्गमा ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ । नेप्सेले 'ए', 'बी', 'जी' र 'जेड' गरी ४ वर्गमा विभाजन गरेकाे हाे ।

‘ए’ वर्गमा २५ वटा वणिज्य बैंक, ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्राेपावर र एउटा उत्पादन समूहका कम्पनी परेका छन् । 

'बी' वर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्राेपावर र एउटा लगानी समूहकाे कम्पनी परेका छन् । यस्तै 'जी' वर्गमा ८ वटा लघुवित्त, ५ वटा लाइफ इन्स्याेरेन्स, ३ वटा नन लाइफ इन्स्याेरेन्स, १४ वटा हाइड्राेपावर, एउटा हाेटल, ४ वटा लगानी समूहका कम्पनी र अन्य समूहकाे एउटा कम्पनी परेका छन् । 

'जेड' वर्गमा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, ४० वटा लघुवित्त, ७ वटा लाइफ इन्स्याेरेन्स, १५ वटा नन लाइफ इन्स्याेरेन्स, २८ वटा हाइड्राेपावर, एउटा लगानी समूह, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादन तथा प्रषाेधन समूहका कम्पनी, ४ वटा हाेटल र अन्य समूहका २ वट कम्पनी परेका छन् । 

कुन कम्पनी कुन वर्गमा  ?

6236eed386480.jpg 6236eedac0997.jpg 6236eee08a44c.jpg 6236eee535eff.jpg 6236eee961fa8.jpg 6236eeeed24e7.jpg 6236eef464f38.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको