Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा नेपाल लाइफ अब्बल

नेप्से

आइतबार, ०६ चैत्र २०७८, १५ : ०९ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा नेपाल लाइफ अब्बल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । आइतबार बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेकाे छ । नेप्से ०.५६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०१ अंकले घटेर ४९४.३८ विन्दुमा झरेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लगानी समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

आइतबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड २९ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.८८ प्रतिशतले घटेर १५ हजार ९ सय ७२ रूपैयाँ १० पैसा पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको