Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १५ : ४४ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा आज (चैत्र ६ गते आइतबार)  सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिमा अध्यक्ष डा. घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेका छन् । 

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । 

6236fce0cdc32.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको