Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, के दिगो रहला ?

नेप्से

सोमबार, ०७ चैत्र २०७८, १५ : ०१ मा प्रकाशित

सेयर बजारमा हरियाली, के दिगो रहला ?

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएको छ । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा २ वटा बाहेक अन्य उपसमूह उकालाे लागेका छन् । काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ । 

सक्रिय युवा लगानीकर्ता समिर कार्की अहिले बजारमा ट्रेडरहरू हावी रहेकाे बताउँछन् । उनले भने, "अहिले बजारमा ट्रेडरहरू हावी भएका छन् ।ट्रेडरहरूले प्राविधिक कुरालाई नै आधार बनाएर ट्रेड गर्दछन् । अहिले प्राविधिक रूपले हेर्दा सबै कुराले बजार सकारात्मक जाने देखाएको छ । प्राविधिक विश्लेषण गरेर हेर्ने हो भने बजार कम्तिमा पनि अब २०० विन्दुसम्म बढ्छ । बजार अब बढ्ने नै हो यसमा दुईमत छैन ।"

यसका साथै, देशकाे बीग्रँदाे अर्थतन्त्र सुधार्न प्रधानमन्त्री आफै लागी परेका छन् । अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे । विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् । यो कुराले पनि लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ र मनोबल बढेको छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् अन्य समूह र हाेटल तथा पर्यटन समूह बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २० कराेड ९४ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ७१ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ६.७१ प्रतिशतले घटेर १४ हजार ९ सय एक रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको