Like us!
Follow us!
Connect us!
Watch us!

सस्ताे डिलकाे "मोबाईल हप्ता" क्याम्पेन, के-के छन् विशेषता ?

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १७ : ३५ मा प्रकाशित

सस्ताे डिलकाे "मोबाईल हप्ता" क्याम्पेन, के-के छन् विशेषता ?

नयाँ वर्ष २०७९ नजिकिँदै गर्दा सस्ताे डिलले सबै भन्दा ठुलो एक हप्ते "मोबाईल हप्ता" क्याम्पेन अनावरण गरेको छ । यो एक हप्ते क्याम्पेन मार्च २२ देखि सुरु भइ मार्च २८ मा सम्पन्न हुनेछ । यस एक हप्ते योजना अवधिभर मोबाईल किन्ने ग्राहकहरुले लोभ लाग्दा उपहार जित्न सक्नेछन् । योजना सुरु हुनु भन्दा ३ दिन अघि सस्ताे डिलले अर्ली बर्डका लागि प्री बुकिङ सुरु गरेको थियो जसमा ५०० भन्दा बढी ग्राहकले आफ्नो अर्डर दिइ सकेका छन् र अफरहरु जित्ने कोटा सुरक्षित गरी सकेका छन् ।

योजना अवधिभर ग्राहकहरुले हरेक मोबाईल फोन खरिदमा रु. ५,००० सम्मको छुट भौचर पाउनेछन् । ग्राहकहरुको सहजताका लागि Sastodeal ले NIC Asia बैंक सँग हातेमालो गरी 0% EMI मा फोन लिन मिल्ने सुविधा पनि अघि सारेको छ । यसका साथै NIC Asia बैंकको डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५% (रु. १,५००) सम्मको छुट पनि पाउनुहुनेछ ।

ग्राहकहरु यस योजनाको निक्कै लामो समयदेखि पर्खाइमा रहेका र आकर्षक उपहार जित्नका लागि निक्कै नै उत्साहित रहेका सस्ताे डिलका हेड अफ मार्केटिङ रितिक शाही बताउँछन् साथै सामाजिक संजालमा आइरहेको ग्राहकहरुको प्रतिक्रिया देख्दा यस योजनामा रहेका अफरहरु एकै दिनमा सकिनेमा पनि उनी विश्वस्त छन् । त्यसैले सम्पुर्ण ग्राहकहरुलाई तयार रही छिटो भन्दा छिटो मोबाईल फोन खरिद गरी अफरको लाभ उठाउन अनुरोध गरेका छन् । यस अफर अवधिभर मोबाईल फोन खरिद गर्ने ग्राहकहरुले नेपाल भरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको